2026-07-05 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलाकार सन्तोष पन्तबिरुद्ध यौन दुर्व्यवहारको उजूरी (घटना यसरी भयो)

ओस्ज १, काठमाडौँ | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी छन् । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजूरी दिएकी हुन् ।

कलाकार पन्त र अध्यक्ष शाहमाथि शनिबार बिहान करिब अढाई बजे डिउटी चेकजाँच गर्ने नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेरणा न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार गरेको महिलाको आरोप छ । ख्यातीप्राप्त कलाकार सन्तोष पन्त केटिएमका ब्राण्ड एम्बासडर हुन् । मादक पदार्थ सेवन गरि उनीहरु डिउटी चेक गर्ने नाममा गर्ल्स होस्टल पुगेर यौन हिंशाको घटना घटाएको बुझिएको छ । पीडित महिलाले महिला सञ्जालको नेतृत्वमा आजै जाहेरी दर्ता गर्न प्रहरी कहाँ पुगेका थिए ।

घटनाको जानकारी पाएपछि आज दिउँसो २ बजेपछि कन्ट्रोल रुममा भेला भएका सेक्युरीटि गार्डहरुले घटनाको घोर निन्दा गर्दै आक्रोश समेत पोखे ।

यसरी घट्यो घटना 

केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले यौन हिंशामा पारेका पीडित महिला गार्ड सविता सुयल हुन् । उनि २४ बर्षकि छन् । उनको अनुसार करिब अढाई बजे गार्ड हेड राजेश तामाङ, इन्सपेक्टर विष्णु कोइरालालाई साथमा लिएर अध्यक्ष शाह र कलाकार पन्त होस्टलमा पुगेका थिए । इन्सपेक्टर कोइरालाले बोलाएर ढोका खोल्न आग्रह गरे तर उक्त गल्र्स होस्टलको नियम अनुसार राति ११ बजेपछि कसैलाई पनि भित्र पस्न वा बाहिर निस्कन अनुमति थिएन । आपतकालिन अवस्थामा पनि वार्डनबाट निर्देशन आएमात्र गार्डले ढोका खोल्ने नियम थियो । तर त्यो नियम तोडेर उनीहरु गर्ल्स होस्टल छिरे । गर्ल्स होस्टलमा उक्त नियम बताउँदा समेत कम्पनीका प्रमुख शाह स्वयंले ढोका गेट खोल्न भनेपछि ढोका खोलर सविता गेट बाहिर आइन्।

सबिताका अनुसार, उनीहरु रक्सिले मातेर उक्त होस्टलमा छिरेका थिए । सन्तोष पन्तले भने  सबितालाई किन गेट खोलेको भन्दै प्रश्न गरे ।फेरी पन्तले किन यति मोटो भएको भन्दै सविताको शरीर, पेटतिर हात पुर्याए । पन्तसंगै त्यहाँ रहेका र उनको हर्कत देख्नेहरु कसैले पनि केही भनेनन् ।

त्यसै क्रममा केटिएम सेक्युरिटीका अध्यक्ष शाहले सबितालाई 'नाम के हो, सुयल के हो, बिहे भएको छ कि छैन ? श्रीमान साथमा छ कि छैन ? जस्ता अनावश्यक प्रश्नहरु पटक–पटक सोधेका थिए । त्यतिखेर सबिता पछाडि हात बाँधेर सर्तक अवस्थामा उभिरहेकि थिइन् |

त्यस्तै इन्टर्न होस्टलमा डिउटी भएकी पवित्रा राईले पनि आफूलाई उनीहरुले बिहे भएको छ कि छैन जस्ता प्रश्न गरे । उनि पनि भन्छिन् 'उहाँहरु मातेर आउनु भएको थियो |' उनले आफ्नो बुढा आफ्नै साथमा रहेको कुरा ढाँटेर भनेकी थिइन् । तर उनि सहिद पत्नी एकल महिला हुन् ।

घटनाको उजुरीपछी केटिएमका प्रमुख शाहले प्रहरीलाई आफुले मादक पदार्थ सेवन नगरेको र महिला गार्डमाथि दुव्र्यवहार पनि नगरेको दाबी गरे । उनले भने – ‘सबै वाहियात कुरा हुन् । हामी डिउटी चेक गर्न गएका थियौं । धेरै जना पोष्टमा निदाएको भेटियो । कारबाही होला भनेर यस्तो हल्ला फिजाएको हुनसक्छ ।’

यता बीपी प्रतिष्ठानले भने राति ११ बजेपछि घटना भएको भनिएको क्षेत्र पूर्ण निषेधित क्षेत्र हो । त्यहाँ राति ११ बजेपछि उपकुलपति नै गए पनि ढोका नखोल्न कडा निर्देशन दिइएको थियो । प्रतिष्ठानका एक अधिकारीले सबै घटना भएको हो भने कम्पनी र संलग्नलाई कारबाही गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै