प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम"/>
२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

हिरोको अत्याधुनिक सोरुम

१ आश्विन २०७३, शनिबार १४:३३

प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम गुलरियामा आजदेखि हिरो ब्राण्डको मोटरसाईकलको अत्याधुनिक सोरुमको शुरुवात गरिएको छ । कृष्णसार ट्रेडर्सले यस अघि भाडामा लिएर सञ्चालन गर्दै आएको हिरो मोटरसाईकलको आधिकारीक डिलरलाई आजदेखि आफ्नै निजी भवनमा स्थानान्तरण गरी औपचारिक रुपमा सेवा शुरु गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न सोरुमको आज विश्वकर्मा पूजाको अवसर पारी उद्घाटन गरिएको हो । पछिल्लो समयमा हिरो ब्राण्डको लोकप्रियतासँगै जिल्लामा नै पहिलोपटक यस प्रकारको सुविधा सम्पन्न सोरुमको स्थापना गरी सेवामा लागेकोमा शुभकामना दिनुहु्ँदै एनजिएम काठमाडौंका सेल्स मेनेजर प्रल्हाद खनालले आगामी दिनमा हिरो मोटरसाइकलमा ग्राहकको चाहना र रुची बमोजिमका मोडलहरु ल्याउने तयारी गरिरहेको बताउनुभयो । 

सोरुमको पूर्ण सफलताको कामना गर्नुहुँदै होटल अर्गानाइजेसन बर्दियाका अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाले जिल्लामा शुरुमा अपत्यारीलो लाग्ने व्यवसाय अहिले आएर अत्यन्तै सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । यसैगरी शुभकामना दिनुहुँदै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सोरुमले ग्राहकहरुको मन र विश्वास जित्दै व्यवसयिक सफलताको कामना गर्नुभयो । 

आजैको दिनमा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकहरुलाई मायाको चिनोका साथमा विशेष उपहार प्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना राख्नुहुँदै प्रमुख अतिथिका रुपमा रहनुभएका उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष अमरबहादुर खड्काले व्यवसायमा सफलता प्राप्त गर्नका लागि अवसर सँगै चुनौतीको पनि सामना गर्न सक्ने सामथ्र्य हुनुपर्ने कुरा बताउँदै आगामी दिनमा हिरोको यो सोरुमलाई पनि यो शक्ति प्राप्त होस् भन्ने धारणा व्यक्त गर्नुभयो । कृष्णसार ट्रेडर्सका प्रवन्ध निर्देशक होमनाथ अधिकारीले धन्यवाद मन्तव्यका क्रममा आम ग्राहकको हित र विश्वास जित्नका लगि आफ्नो सोरुमले निरन्तर रुपमा कटिवद्ध भएर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमा आठ वर्षीय बाल गायक अभिनन्दन सुवेदीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मीहरु, ग्राहकहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै