प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम"/>
२०८२, २७ चैत्र शुक्रबार
बर्दिया - BRD

हिरोको अत्याधुनिक सोरुम

२०७३, १ आश्विन शनिबार १४:३३

प्रभात सुवेदी । असोज १, बर्दिया । जिल्ला सदुमुकाम गुलरियामा आजदेखि हिरो ब्राण्डको मोटरसाईकलको अत्याधुनिक सोरुमको शुरुवात गरिएको छ । कृष्णसार ट्रेडर्सले यस अघि भाडामा लिएर सञ्चालन गर्दै आएको हिरो मोटरसाईकलको आधिकारीक डिलरलाई आजदेखि आफ्नै निजी भवनमा स्थानान्तरण गरी औपचारिक रुपमा सेवा शुरु गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न सोरुमको आज विश्वकर्मा पूजाको अवसर पारी उद्घाटन गरिएको हो । पछिल्लो समयमा हिरो ब्राण्डको लोकप्रियतासँगै जिल्लामा नै पहिलोपटक यस प्रकारको सुविधा सम्पन्न सोरुमको स्थापना गरी सेवामा लागेकोमा शुभकामना दिनुहु्ँदै एनजिएम काठमाडौंका सेल्स मेनेजर प्रल्हाद खनालले आगामी दिनमा हिरो मोटरसाइकलमा ग्राहकको चाहना र रुची बमोजिमका मोडलहरु ल्याउने तयारी गरिरहेको बताउनुभयो । 

सोरुमको पूर्ण सफलताको कामना गर्नुहुँदै होटल अर्गानाइजेसन बर्दियाका अध्यक्ष तुलसी प्रसाद तिमिल्सिनाले जिल्लामा शुरुमा अपत्यारीलो लाग्ने व्यवसाय अहिले आएर अत्यन्तै सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । यसैगरी शुभकामना दिनुहुँदै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सोरुमले ग्राहकहरुको मन र विश्वास जित्दै व्यवसयिक सफलताको कामना गर्नुभयो । 

आजैको दिनमा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकहरुलाई मायाको चिनोका साथमा विशेष उपहार प्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना राख्नुहुँदै प्रमुख अतिथिका रुपमा रहनुभएका उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष अमरबहादुर खड्काले व्यवसायमा सफलता प्राप्त गर्नका लागि अवसर सँगै चुनौतीको पनि सामना गर्न सक्ने सामथ्र्य हुनुपर्ने कुरा बताउँदै आगामी दिनमा हिरोको यो सोरुमलाई पनि यो शक्ति प्राप्त होस् भन्ने धारणा व्यक्त गर्नुभयो । कृष्णसार ट्रेडर्सका प्रवन्ध निर्देशक होमनाथ अधिकारीले धन्यवाद मन्तव्यका क्रममा आम ग्राहकको हित र विश्वास जित्नका लगि आफ्नो सोरुमले निरन्तर रुपमा कटिवद्ध भएर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमा आठ वर्षीय बाल गायक अभिनन्दन सुवेदीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मीहरु, ग्राहकहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने