भालुवाङमा सञ्चालन हुने सुचना तथा व्यपारिक मोहत्सवको चौतफी बिरोध, तत्काल मोहत्सवको मिति सार्न माग

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भालुवाङमा सञ्चालन हुने सुचना तथा व्यपारिक मोहत्सवको चौतफी बिरोध, तत्काल मोहत्सवको मिति सार्न माग

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मोहत्सव स्थगीतको माग गदै उद्योग बाणिज्य संघद्धारा जिल्ला प्रशासन दाङमा ज्ञापनपत्र

२०७३, २ आश्विन आईतवार १३:४६

भालुवाङमा सञ्चालन हुने सुचना तथा व्यपारिक मोहत्सवको चौतफी बिरोध, तत्काल मोहत्सवको मिति सार्न माग

न्तोषकुमार गुप्ता । देउखुरी, २ असभालुवाङबाट प्रकाशित हुदै आए राप्तीद्धार राष्ट्रिय साप्ताहिकको आयोजनामा असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म देउखुरीको भालुवाङमा सञ्चालन गर्न लागेको सुचना तथा व्यापारिक मोहत्सव प्रति राप्ती उद्योग बाणिज्य संघले तत्काल मोहत्सव स्थगीतको माग गदै आईतबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ ।

स्थानिय उद्योगी, व्यपारी, उद्योग बाणिज्य संघ, राजनितिक दलहरु संग कुनै समन्वय नै नगरी आफू खुसी स्थानिय व्यपार व्यवसाय धराप पार्ने गरी मोहत्सव सञ्चालन गर्न खोजेको भन्दै तत्काल मोहत्सव स्थगीतको माग गदै उद्योग बाणिज्य संघको एक टोलीले प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सो ज्ञापन पत्र बुझाएको हो । नेपालीहरुको महान् चार्ड दशै, तिहार र छड पर्व जस्तो महत्वपूर्ण चार्डबार्डको बेला मेला लगाउँदा बाह्य व्यपारीहरुको आगमन हुने र स्थानिय व्यपार, व्यवसाय कमजोर तथा ह्रास आउने भन्दै तत्काल मोहत्सव सञ्चालन नगर्न भन्दै चार्डपर्वका समयमा स्थानिय बजार व्यवसायलाई बलियो तथा स्थानिय सरोकारवाला निकाय तथा स्वम् व्यपारीहरु संग समेत छलफल नै नगरी तोकिएकै मितिमा मोहत्सव सञ्चालन गरे त्यसबाट उत्पन्न हुने समस्या, घटना, दुर्घटना र हानी नोक्सानी प्रति स्वम् आयोजक र सम्बन्धित निकाय जिम्मेवार हुने चेतावनी समेत दिएको छ । साथै त्यसरी जवरजस्त सञ्चालन गरिएको मोहत्सव प्रति संघले कडा आपत्ति प्रकट गर्नुका साथै कुनै सहयोग र समर्थन नरहने समेत जानकारी दिएको छ । मोहत्सव सञ्चालन गर्नु स्वागतयोग्य बिषय भए पनि स्थानिय उद्योगी, व्यपारी, राजनितिकदल, स्थानिय संघ, संस्थाहरु संग आवश्यक समन्वय तथा छलफलबाट गरेको खण्डमा मात्र हाम्रो साथ, सहयोग र समर्थन रहने संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । 

हामीले तत्काल स्थानिय मोहल ठीक नभएको र चार्डबार्ड पनि नजिकै आई सकेकाले चार्डपर्व पछि मात्र मोहत्सव सञ्चालन गर्न माग गरेका हौँ डिसीले भने । त्यसका लागि पनि चार्डपर्व पछि स्थानिय प्रशासन, उद्योग बाणिज्य संघ, राजनितिकदल, उद्योगी, व्यापारीहरुको सहमतिमा सञ्चालन गर्न हामीले भनेका हौँ अध्यक्ष डिसीले भने । यता ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले आपसी सहमतिमा मोहत्सव मात्र सञ्चालन गर्न सकिने बताए । उनले स्थानिय शान्ति सुरक्षा तथा समाजिक मर्यादामा बाधा नपर्ने गरी नियम अनुसार मोहत्सव सञ्चालनका लागि अनुमति दिएको भए पनि उद्योगी, व्यापारीहरुको बिरोध आए पछि अब पुर्नर बिचार गर्ने जानकारी दिए । मोहत्सव सञ्चालनकै कारण झडप तथा घटना घट्ने परस्थीति सिर्जना भएको खण्डमा तत्कालका लागि मोहत्सव सञ्चालन गर्न नसकिने काफ्लेले बताए । यस बिषयमा आयोजक संघ छलफल गरी मोहत्सवमो मति सार्ने तथा उत्पन्न समस्याको बिषयमा छलफल गरी आवश्यक निर्णय लिने समेत काफ्ले बताए । संघका अध्यक्ष ताराबहादुर डिसीको नेतृत्वमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, बरिष्ठ उपाध्यक्ष रिखिराम आचार्य, सचिव प्रेमबहादुर केसी, सदस्य हरिप्रसाद श्रेष्ठ, संघका पूर्व महासचिव लेखनाथ भुसाल, होटेल व्यवसाय भिर्मार्जुन सुवेदी र कार्यालय प्रमुख सन्तोषकुमार योगी सहितको टोली जिल्ला प्रशासन कार्यालय दाङ पुगेको थियो । यता भालुवाङका उद्योग व्यापारीहरुले जर्वजस्ती मोहत्सव सञ्चालन गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिंदै आएको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने