४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

आफ्नो छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै रौतहटमा युवकको हत्या

१० आश्विन २०७२, आईतवार ०९:०३

असोज १०, रौतहट /
रौतहट इनरवा–३ का भुनेश्वरलाल राउत कुर्मीको परिवारले आफ्नी छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक
युवकको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रेम सम्बन्धका कारण
इनरवा–३ का १७ वर्षीए जितेन्द्रप्रसाद कुशवाहाको हत्या भएको हो । युवतीको परिवारले आफ्नो छोरीसँग पटक
पटक अनैतिक सम्बन्ध राख्न खोज्दा परिवारजनले थाहा पाएपछि जितेन्द्रलाई नियन्त्रणमा लिएर भदौ २७ गते
हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।


हत्याकाण्ड बारे जानकारी दिँदै शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक नवराज
खड्काले मृतक जितेन्द्रले एकै परिवारका दुई युवतीसँग अनैतिक सम्बन्ध राख्ने गरेको जानकारी पाएका
परिवारले युवक कुशवाहालाई घाँटी थिचेर हत्या गरेको जानकारी दिए । पक्राउ पर्नेमा भुनेश्वर राउत,
सुगान्धी राउत, रीता कुमारी पटेल र इन्द्रजित पटेल रहेका छन् ।

गत भदौ २७ गते राति ११ बजे छोरीको मोवाइलबाट युवक कुशवाहालाई घरमै बोलाएर उनका अभिभावकहरुले
नियन्त्रणमा लिएर छिमेकी गाउँ पिपरा परोहा गाविस ७ स्थित सोती पुल नजिकैको झाडीमा घाँटी थिचेर हत्या गरी
फरार भएको प्रहरी निरीक्षक खड्काले जनाए ।

चार पाँच पटक घरमै
आएर छोरीसँग जवरजस्ती गर्न खोज्ने युवकलाई समातेर उसको अभिभावकलाई जिम्मा लगाई छोरालाई सुधार्न चेतावनी
दिँदा पनि युवक नसुध्रिए पछि बाध्य भएर हत्या गरेको भुनेश्वर लालले स्वीकार गरेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल