२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा तीन जना सवार मोटरसाइकल पुलबाट खस्दा दुईको मृत्यु

२०७९, २ माघ सोमबार १०:५७

माघ २, बारा | बारामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार राति ९ बजे बारा महागढीमाई नगरपालिका–९ थलहीस्थित पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको तीन जना सवार रहेका मोटरसाईकल दुर्घटनामा परेको थियो।

मोटरसाइकल अनियन्त्रित भइ पुलमुनि खस्दा सिम्रौनगढ नगरपालिका–१ बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय ताहिर अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पुलमुनि खस्दा दुबै जना नदीमा खसेर बेपता भएकोमा नदी किनारमै दुबै जनाको शव भेटिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

मोटरसाइकलमै सवार सोही स्थानका २२ वर्षीय गुड्डु अन्सारीको घाइते भएको र उपचारपछि घर फर्किएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने