असोज ३ पर्वत । सोमबार संविधानसभामार्फत संविधान जारी भएको दिन । सरकारले तीन दिन भब्य रुपमा दिवस मनाउने निर्णयसहित एक दिन सार्वजनिक बिदा दियो । तर, दिवस मनाउन सर्बसाधारणको उपस्थिति शुन्य रह्यो । जिविसको तयारीमा भएको ¥याली र सभामा कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मी बाहेकको उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३ पर्वत । सोमबार संविधानसभामार्फत संविधान जारी भएको दिन । सरकारले तीन दिन भब्य रुपमा दिवस मनाउने निर्णयसहित एक दिन सार्वजनिक बिदा दियो । तर, दिवस मनाउन सर्बसाधारणको उपस्थिति शुन्य रह्यो । जिविसको तयारीमा भएको ¥याली र सभामा कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मी बाहेकको उप"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान दिवसमा देखिएन नागरिकको सहभागिता

२०७३, ३ आश्विन सोमबार ०५:३७

असोज ३ पर्वत । सोमबार संविधानसभामार्फत संविधान जारी भएको दिन । सरकारले तीन दिन भब्य रुपमा दिवस मनाउने निर्णयसहित एक दिन सार्वजनिक बिदा दियो । तर, दिवस मनाउन सर्बसाधारणको उपस्थिति शुन्य रह्यो । जिविसको तयारीमा भएको ¥याली र सभामा कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मी बाहेकको उपस्थिति रहेन ।


अन्य कार्यक्रममा डेढ दर्जन दलका प्रमुख सहभागी भएपनि यो विशेष दिनमा मुस्किलले आधा दर्जन दलले एक÷एक जना प्रतिनिधि पठाए । संविधान त केवल दललाई सत्तामा जानका लागि मात्रै चाहिएको भन्दै राष्ट्रिय दिवसमा नेता, कार्यकर्तालाई उपस्थित गराउन नसक्नु राम्रो नभएको गुनासो नागरिक समाजबाट उटेको छ
दलित, जनजाति, महिला, शहिद परिवारलाई दिवस मनाउन खबर नगरेकोमा आयोजकको आलोचना भएको छ ।

‘एउटा कोठामा बसेर दिवस मनाउनु ठुलो गल्ती हो’ नेपाल आदिबासी जनजाति महासंघ पर्वतका कार्यबाहक अध्यक्ष राजन गुरुङले भने–‘आयोजकले जनजातिलाई कार्यक्रममा खबर नगरेकोमा दुःख लागेको छ ।’ उनले कहिल्यैपनि राष्ट्रिय दिवसमा पर्वतमा आयोजकले सबैलाई समेट्न नसकेको बताए ।
यता ¥यालीपछि शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्र्यापण भएपनि कार्यक्रममा शहिद परिवारको नाम समेत उच्चारण गरिएन । ‘संविधान दिवसको अवसरमा कहाँ रु कसले रु कार्यक्रम आयोजना गरेको भन्ने नै जानकारी नभएको शहिद गोविन्दनाथ शर्माका भाई देव शर्माले बताए ।

‘संविधान जारी भएकोजस्तो महत्वपुर्ण दिनको कार्यक्रममा सहभागी हुने इच्छा थियो तर, कार्यक्रमको बारेमा जानकारी नै पाइएन’ उनले भने ।
कार्यक्रममा नागरिक संघसंगठनलाई समेत बेवास्ता गरिएको थियो । स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पर्वत उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघसहितका नागरिक संघसंस्थाको वक्ताको नाम काटेका थिए ।
कार्यक्रममा अपमानित भएको सम्झेर केही नागरिक संघसंस्थाका प्रतिनिधि कार्यक्रमबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने