2026-07-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग

माघ ९, काठमाडौँ | नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले गृहमन्त्री लामिछाने आँफै नागरिकताको विषयमा विवादमा फसेको र अदालतमा मुद्दा विचाराधिन भएको अवस्थामा गृहमन्त्री बन्नु गलत भएको तर्क गरे ।

आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री आँफैले बुझेर राजीनामा दिँदा राम्रो हुने तर्क गरेका छन् । तर, गृहमन्त्री लामिछानेले राजीनामा दिए प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उनलाई बर्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्–‘प्रधानमन्त्रीले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन् । नहटाए प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठ्छ ।’ दिक्षितले राप्रपा र रास्वपा सरकारमा सहभागी भएर गम्भीर गल्ती गरेको पनि टिप्पणी गरेका छन् । उनले भने,‘रवि र राजेन्द्र सरकारमा गएर महाभूल गरे । मैले रास्वपालाई मतदान गरें । म अहिले पछुताईरहेको छु ।’ उनले विक्रम पाण्डे र डिपी अर्यालजस्ता विवादित व्यक्ति मन्त्री बन्नुपनि गलत भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक