2026-07-24 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म नराम्रो गर्दै गर्दिनँ, नराम्रो गर्‍याे भन्ने कुरा तपाईंहरूले सुन्नु पर्दैन: ऊर्जामन्त्री लिङ्देन

माघ ९, काठमाडौँ | उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् ।

‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिवद्धता व्यक्त गरे।

सोमबार झापाको अर्जुनधारा १ साधुटारमा रहेको शंकराचार्यपीठको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रष्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए।

‘मैले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दा कतिपयले प्रशंसा गरे। कतिले ‘नपाइन्जेल त हो नि’ पनि भने। तर मैले पाएपछि म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ’, उनले भने।

सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनले बताए। हजारौँले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि हाे भनेर सरकारमा गएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री लिङ्देनले आफूले उठाएको हिन्दुत्वको मुद्दा झन् बलियो बनाउने बताए।

उनले भने, ‘म जति गर्नसक्छु, गर्छु। नराम्रो गर्दै गर्दिनँ। नराम्रो गर्‍याे भन्ने कुरा तपाईंहरूले सुन्नु पर्दैन।’

आफू जुन-जुन कार्यक्रममा सहभागी भए पनि हिन्दुत्वसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी मिल्ने लिङ्देनकाे भनाइ छ।

उनले भने, ‘मन्त्रालयको जिम्मा पाएपछि पहिलो पटक आफ्नो जिल्ला झापा आएँ। धेरै कार्यक्रममा सहभागी भएँ। आज म यहाँ आउँदा ज्यादै आनन्दित छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक