2026-07-25 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतीय अभिनेता सुधीर वर्माले गरे आत्महत्या

माघ ११, काठमाडौँ । दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

३३ वर्षीय वर्माको उपचारको क्रमम निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेका हुन् । वर्माको निधन भएको उनका सहकलाकार तथा साथी अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले वर्मालाई श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘प्यारो र राम्रो मान्छे । तपाईसँग काम गर्न राम्रो लाग्यो । म विश्वास गर्न सक्दिन कि तपाईं अब यो संसारमा हुनुहुन्न् ।’

त्यस्तै उनको निधनप्रति अभिनेत्री चाँदनी चौधरीले लेखेकी छिन्, ‘सुधीर, तिम्रो बिदाईले मेरो मुटु टुटेको छ, तिमी महान अभिनेता थियौ । हामीले तिमीलाई सम्झने छौँ ।’ रिपोर्टका अनुसार राम्रो भूमिका र काम नपाएका कारण वर्मा लामो समयदेखि डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्याजस्तो कदम उठाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक