असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

"/>

2026-07-05 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला, यी ठाउँहरुमा पाइन्छ टिकट !

2016-09-19

असोज ३, काठमाडौँ । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागमा आइतबार सम्पन्न विभागका अधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट बुकिङ खुल्ला गरिन्थ्यो । यसवर्ष ‘रुट परमिट’ नलिई यातायात सञ्चालन भएका कच्ची सडकमा दुर्घटना भई दर्जनौँको मृत्यु भएपछि यातायात सञ्चालनमा रोक लगाइएकाले टिकट बुकिङ खुल्ला गर्न ढिला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कच्ची सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै अस्थायी ‘रुट परमिट’ दिने निर्देशन दिएपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई जानकारी दिए ।

घटस्थापनाको एक साताअघि असोज ७ गते उपत्यकाका १२ स्थानबाट लामो तथा मध्यम दूरीमा जाने सवारी साधनको टिकट बुकिङ खुला गरिएको छ । गोङ्गबु नयाँबसपार्क, बालाजु, चावहिल, जोरपाटी, साँखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।

“टिकट बुकिङ खुला गरिएका १२ वटै स्थानमा यात्रुका लागि सहयोग कक्ष पनि राखिनेछ, सहयोग कक्षमा विभागका कर्मचारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहनेछन्” – उनले भने ।

सहयोग कक्षले बढी भाडा लिने, दोहोरो सिटको टिकट वितरण गर्ने, टिकटको कालोबजारी गर्नेलगायत समस्या समाधानका लागि पहल गर्ने विभागले जनाएको छ । यसवर्ष दसैँदेखि छठपर्वसम्म लामो तथा मध्यम दूरीका सबै सवारी साधनमा दुईजनालाई मात्र विद्यार्थी सहुलियत दिने महासङ्घका अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै