१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

१५ माघ २०७९, आईतवार ०३:१२

माघ १५, स्याङ्जा | यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । 

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”

सुन्तला टिप्नेक्रम जारी रहेको र अझै रु तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो ।

“गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु सात लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ ।

“हालसम्म सुन्तला बिक्रीबाट रु ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु ५५ लाख आसपास पुग्थ्यो ।”

विसं २०३२ देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”,किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार? राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै