ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रतिव्यक्ति आय बृद्धि हुननसक्दा न्युन गुणस्तर खाद्य वस्तु उपभोग गर्दै उपभोक्ता

३ आश्विन २०७३, सोमबार १३:१४


ललित बोहरा/असोज ३, डडेल्धुरा । नेपाली नागरिकको प्रतिव्यक्ति आय बृद्धि हुन नसक्दा गुणस्तरिय उपभोग्य वस्तु उपभोग गर्न सकेका छैन्न । 

बजारमा पाईने दैनिक उपभोग्य वस्तु बारे गुणस्तर तथा आमदानीका श्रोत नहुदाँ मानव स्वास्थ्यलाई आवश्यक चिज वस्तु उपभोग गर्न नसक्ने गरेको क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कैलालीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत उपेन्द्र रायले जनाएका छन । 

डडेल्धुरामा सञ्चालीत दुई दिने पत्रकारहरुलाई खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालीममा नेपालीले उपभोग गर्ने बजारका चिज वस्तु बारे सत्य तथ्य जानकारी नहुनु, नेपालमा गुणस्तरिय चिज बस्तु नपाईनु, गुणस्तर मापन प्रभावकारी हुन नसक्नु, प्रतिव्यक्ती आय स्तरमा बृद्धि हुन नसक्नु  लगायतका कारण न्युन गुणस्तर दैनिक उपभोग्य एवं अन्य उपभोग्यका चिज वस्तु उपभोग गर्दै आएको बताएका थिए । 

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले उत्पादन देखि उपभोक्ता सम्म स्वच्छ र गुणस्तरिय वस्तु पु¥याउन अनुगमन तथा सचेतना गरि रहेकाले सञ्चाकर्मीले पनि यसमा सहयोग गर्नु पर्ने औल्याएका थिए ।

नेपालका विभिन्न स्थानमा पाईने मुल्यवान जटिबुटी प्रसोधन नहुदा खेर गई रहेको तथा कम मुल्यमा देश बाहिर निर्यात भई गुणस्तर मापन गरी पुनः आयात गरी उच्च मुल्यमा उपभोग गर्नु पर्ने बाध्यता नेपालीको रहेको छ । 

कृषि जन्य वस्तुमा पनि विभिन्न परिकार बनाउने उद्योग सञ्चालनमा नहुदा प्रतिव्यक्ति आय बृद्धि हुन नसकेको अधिकृत रायको भनाई थियो । 

दुई दिने तालिमको समापन समारोहमा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले अनुगमनमा कडाई गरि कानुनी प्रक्रिया थालिए पनि कार्वाहीका लागी केन्द्र बिन्दुमा पुग्न नसकिने एवं नेपालको उपभोक्ता ऐन ५० साल पुरानो भएकाले समय सापेक्ष नभएको तथा नियम कानुन कडाईका साथ लागु नगरिदा खाद्य प्रविधी तथा गुण नियन्त्रण लिन कठिनाई भएको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी