Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दोहा हुँदै दक्षिण अफ्रिकातर्फ लैजान लागेको विदेशी मुद्रासहित एकजना विमानस्थलबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १७, काठमाडौँ | </b>अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउथ अफ्रिकन र्‍याण्ड २३ हजार २ सय ५० सहित एक पुरुष पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोप बहादुर बुढा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र २०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान र १० दरको १ थान गरी उक्त साउथ अफ्रिकन र्‍याण्ड&nbsp;बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।</p><p>उनलाई आवश्यक अनुसन्धानको लागि विदेशी मुद्रा सहित प्रहरी वृत्त गौशला पठाइएको छ ।</p>