सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गु"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान दिवसकै दिन यी चेलीलाई घरबाटै निकालियो किन ? (भिडियो सहित)

२०७३, ३ आश्विन सोमबार १५:०९

सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गुलरियामा भने एक चेलीलाई घरबाटै निकाला गरिएको छ ।गुलरिया नगरपालिकाको जिल्ला प्रहरी कार्यालयको चोकमा एक महिलालाई लछारपछार पारेर मदिरा सेवन गरेका उनका श्रीमानले शारीरिक सजाँय दिँदै घरनिकाला गरेका हुन् । उनले यसो गरिरहँदा वरपर जम्मा भएका रमितेहरु भने मुकदर्शक भएर बसिरहेका थिए । 

सामाजिक कानुनी सहायता केन्द्रको आयोजनामा सञ्चार तथा कला विकास मञ्चका कलाकारहरुले प्रथम संविधान दिवसको उपलक्ष्यमा निःशुल्क कानुनी सहायता सम्बन्धि जनचेतनामूलक सडक नाटक “न्यायको बाटो” मा यस प्रकारको दृश्य देखाइएका हुन् । गाउँसमाजमा हुने गरेका विभिन्न प्रकारका शारीरिक, मानसिक तथा आर्थिक हिंसामा परेर न्यायको अभावमा खुम्चिएर बसेका गरिब तथा असहायहरुका लागि निःशुल्क रुपमा कानुनी सेवा प्रदान गरिने जानकारी दिनका लागि सामाजिक कानुनी सहायता केन्द्रले संविधान दिवसको दिन पारेर यस प्रकारको नाटक देखाएको हो । 

नाटकमा सहभागी कलाकारहरुले आफ्नो शशक्त अभिनय मार्फत बालबालिकालाई घरेलु कामदारको रुपमा राख्न नपाईने, जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुपर्ने तथा कहिँ कतै पनि कुनै निहुँमा घरेलु हिँसा गर्न नपाईने शन्देश दिएका थिए । नाटकको प्रस्तुतीलाई उपस्थित दर्शकहरुले निकै रुचीका साथ अबलोकन गर्दे कलाकारहरुसँगै संवाद गरेका थिए । जुन दृश्यले नाटकलाई थप रोचक बनाएको थियो । 

प्रभात सुवेदीको लेखन तथा निर्देशन रहेको यो नाटकमा कलाकारहरु दीपा खड्का, सुदन लम्साल, शिवदत्त गैरे, आदित्य भुर्तेल, आकृति पण्डित, रातिका चौधरी, विजिता लामिछाने, राहुल भुसाल, निजुसिंह ठकुरी, अभिनन्दन सुवेदी र प्रभात सुवेदीको अभिनय रहेको थियो । 

कलाकारहरुकाे टाेली सडक नाटक प्रदर्शन गर्नुअघि

यस प्रकारका नाटकहरुको प्रस्तुतीबाट समाजमा कानुनी सचेतना वृद्धि गर्न सकिने र यसबाट कानुनी चेतनाको स्तर माथि उठ्ने कुरामा आशावादी हुन सकिने कुरा जिल्ला न्यायधिवक्ता रामप्रसाद अधिकारीले बताउनुभयो । 

                                               हेर्नुहोस् नाटकको भिडीयो 


                                       सडक नाटकमा अभिनय गर्दै कलाकारहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा