सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गु"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान दिवसकै दिन यी चेलीलाई घरबाटै निकालियो किन ? (भिडियो सहित)

३ आश्विन २०७३, सोमबार १५:०९

सास । असोज ३, बर्दिया ।

गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुगेको दिवस हर्षोल्लासका साथ मनाइरहँदा सदरमुकाम गुलरियामा भने एक चेलीलाई घरबाटै निकाला गरिएको छ ।गुलरिया नगरपालिकाको जिल्ला प्रहरी कार्यालयको चोकमा एक महिलालाई लछारपछार पारेर मदिरा सेवन गरेका उनका श्रीमानले शारीरिक सजाँय दिँदै घरनिकाला गरेका हुन् । उनले यसो गरिरहँदा वरपर जम्मा भएका रमितेहरु भने मुकदर्शक भएर बसिरहेका थिए । 

सामाजिक कानुनी सहायता केन्द्रको आयोजनामा सञ्चार तथा कला विकास मञ्चका कलाकारहरुले प्रथम संविधान दिवसको उपलक्ष्यमा निःशुल्क कानुनी सहायता सम्बन्धि जनचेतनामूलक सडक नाटक “न्यायको बाटो” मा यस प्रकारको दृश्य देखाइएका हुन् । गाउँसमाजमा हुने गरेका विभिन्न प्रकारका शारीरिक, मानसिक तथा आर्थिक हिंसामा परेर न्यायको अभावमा खुम्चिएर बसेका गरिब तथा असहायहरुका लागि निःशुल्क रुपमा कानुनी सेवा प्रदान गरिने जानकारी दिनका लागि सामाजिक कानुनी सहायता केन्द्रले संविधान दिवसको दिन पारेर यस प्रकारको नाटक देखाएको हो । 

नाटकमा सहभागी कलाकारहरुले आफ्नो शशक्त अभिनय मार्फत बालबालिकालाई घरेलु कामदारको रुपमा राख्न नपाईने, जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुपर्ने तथा कहिँ कतै पनि कुनै निहुँमा घरेलु हिँसा गर्न नपाईने शन्देश दिएका थिए । नाटकको प्रस्तुतीलाई उपस्थित दर्शकहरुले निकै रुचीका साथ अबलोकन गर्दे कलाकारहरुसँगै संवाद गरेका थिए । जुन दृश्यले नाटकलाई थप रोचक बनाएको थियो । 

प्रभात सुवेदीको लेखन तथा निर्देशन रहेको यो नाटकमा कलाकारहरु दीपा खड्का, सुदन लम्साल, शिवदत्त गैरे, आदित्य भुर्तेल, आकृति पण्डित, रातिका चौधरी, विजिता लामिछाने, राहुल भुसाल, निजुसिंह ठकुरी, अभिनन्दन सुवेदी र प्रभात सुवेदीको अभिनय रहेको थियो । 

कलाकारहरुकाे टाेली सडक नाटक प्रदर्शन गर्नुअघि

यस प्रकारका नाटकहरुको प्रस्तुतीबाट समाजमा कानुनी सचेतना वृद्धि गर्न सकिने र यसबाट कानुनी चेतनाको स्तर माथि उठ्ने कुरामा आशावादी हुन सकिने कुरा जिल्ला न्यायधिवक्ता रामप्रसाद अधिकारीले बताउनुभयो । 

                                               हेर्नुहोस् नाटकको भिडीयो 


                                       सडक नाटकमा अभिनय गर्दै कलाकारहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे