2026-07-05 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडबाडमा मापसे जाँच कडाइ गरिने

असोज ४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । 

चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको छ । यस्तै काठमाडौँ उपत्यकामा सवारीसाधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्नेबारेमा सूची टाँस गरिनाका साथै ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहनुहुन्छ ।” 

उहाँले सवारी चालकले सवारी नियम उलङ्घन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षका अधिकृतलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । उपत्यकाका नयाँ र पुरानो बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुङ्गा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायत मुख्य स्थानमा सहायता कक्ष राखिनेछन् । महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ । 

यसैगरी जनताको जनचेतनाका निम्ति एफएम रेडियो र मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनाका साथै ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याका बारेमा पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ । 

यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ । महाशाखाले सवारी साधनद्वारा हुने कुनै पनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै