असोज ४, काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब"/>
2026-07-05 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम आतंक फैलाउनेलाई कारवाही गर्न विद्यालय सञ्चालकहरुको माग

2016-09-20

असोज ४, काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएको छ ।

बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ती निकालेर विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रेस विज्ञप्ती लगत्तै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर तीनैवटै संगठनका प्रमुखहरुले सम्बोधन गरेका थिए । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे ।

शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो । सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो ।

यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुखद भएको टिप्पणी गरे ।

केसीले आगामी दिनमा राज्यले यस्ता घटना नियन्त्रण नगरिए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए ।

राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ । यस्ता आक्रमण नरोकिए आफुहरु पनि आक्रमणको विरुद्धमा अगाडि बढ्ने उनको चेतावनी छ ।

कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै