२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलेसियाबाट फर्किने क्रममा महिलाको चरित्रहत्या गर्ने एक जना विमानस्थलबाट पक्राउ

२०७९, ५ फाल्गुन शुक्रबार ०८:५८

फागुन ५, काठमाडौँ | मलेसियामा रोजगारीमा रहने क्रममा एकजना महिला र उनकी बहिनीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्। 

मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ५ स्थित टिकुलियाका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन् ।

साइबर ब्युरोका अनुसार एक महिलाले आफ्नो चरित्र हत्या गर्ने गरी आफ्नो बहिनीको पनि तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा हालेको भन्दै उजुरी दिएकी थिइन्। 

उक्त तस्बिरमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी पोस्ट गर्नुका साथै पीडितका परिवारलाई मानसिक तनाव र हैरानी दिने गरेको गुनासो प्रहरीकहाँ पुगेको थियो। 

ब्युरोको अनुसन्धानका क्रममा उक्त प्रोफाइल विदेशबाट सञ्चालित रहेको खुलेको थियो। त्यसपछि यादवलाई वैदेशिक रोजगारी सकेर मलेसियाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?