२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महाशिवरात्रिको सुरक्षामा एसपीको कमान्डमा ३५ सय प्रहरी परिचालन गर्ने निर्णय

२०७९, ५ फाल्गुन शुक्रबार १२:१३

फागुन ५, काठमाडौँ | शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । 

सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरिने छ । रिजालले भने–‘मन्दिर परिसरको कमान्ड सेन्टरमा आजबाटै प्रहरी परिचालन गर्छौँ ।’थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको एसपी रिजालले जानकारी दिए । शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ । मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका हुने गर्छ ।

सुरक्षाका लागि ‘वाक थ्रु’ गेट र ‘डिटेक्टर’ प्रयोग गरिने भएको छ । पशुपति क्षेत्रमा ठाउँ ठाउँमा सिसिटिभी मार्फत मनिटर गरिने एसपी रिजालले बताए । त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । ‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसपी रिजालले रातोपाटीसँग भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौं ।’

मेलापर्वमा हुनसक्ने घटना संशोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ । बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ