फागुन ८, काठमाडौँ | मोरङ बुढीगंगामा मृत फेला परेकी २८ वर्षीया प्रियंका सुनवारको हत्या उनकै पति रमेश साहले गरेको खुलेको छ।
विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
२९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ।
प्रहरीले रमेश, उनलाई सहयोग गरेको आरोप लागेका मोरङ कटहरी-५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।
मृतकको पारिवारिक अवस्था, हत्याको कारणबारे सोधपुछ चलिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!