कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र प"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ विशेष बृहत साँस्कृतिक उत्सवलाई सफल पार्न तयारी तिव्र

४ आश्विन २०७३, मंगलवार १२:१९

कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र पारिएको छ । “ 

कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारका ५ दिन सम्म अछाम मंगलसेनमा बेजोड प्रस्तुती रहने भएका छन । साँस्कृतिक मुल आयोजक समितीले तयारी स्वरुप सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्नका लागि राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याम मार्फत कसरी प्रचारप्रसार गर्न सकिन्न भन्ने विषयमा छलफल गरिएको थियो । 

मुल आयोजक समिती संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागि संञ्चारकर्मिले आफनो कला संस्कृति जोगाउनका लागि जिल्ला पहिलो पटक भएको यो अभियान स्रहानिय भएकाले आफनो तर्फ सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । 

कार्यक्रममा बोल्दै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले कला सस्कृति जगेर्नाका लागि जिल्ला हुने कार्यक्रमलाई सफल पार्नका सबै सञ्चारकर्मि लागि पर्ने बताएका थिए । राष्ट्रिय तथा स्थानिय कलाकार जम्काभेट हुने एउटै थलो दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम भएकाले यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला स्थित सम्पुर्ण छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्याम मिडिया पार्टनरको रुपमा रहने भएका छन । 

असोज १४ गते देखि सुरु हुने कार्यक्रममा नृत्य निर्देशक शँकर विसि, गायक रोशन सिह, चर्चित लोक गायक खुमन अधिकारी, गायिका टिका पुन, गायक भागिरथ चलाउने, गोपाल नेपाल जिएम, टँक तिमिल्सैना, तुलसि घर्तिमगर, सुरेश रावल, पुष्पा वोहरा, करिश्मा ढकाल, निशा बोहरा, अञ्जु शाही, बादल थापा, जितेश थापा लगाएत वेजोड प्रस्तुती रहने भएका छन । 

यस्तै स्थानिय कलाकार महेन्द्र विक, नरेन्द्र रावल, जनक कार्की, देवेन्द्र भाट, भिम विष्ट, जनक साउद, शँकर विक, ललित रैगाई, रुद्र विक, प्रमोद माझि, कल्पना ढुगाना, पानसरा थापा, निरुता खत्रि लगाएतले समेत आफना आफना प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।

 कार्यक्रमको मुख्य आयोजकमा एस. बि. रामारोशन फिल्मस प्रा. लि. र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछाम रहेका छन भने नयाँतारा कला सागर अछाम सह आयोजकको रुपमा रहेका छन ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला