2026-06-20 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्सामा स्करपियोको ठक्करबाट पढेर फर्किरहेका १३ वर्षीय बालकको मृत्यु

फागुन ९, पर्सा | पर्साको ठोरीमा स्करपियो जीपको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। 

ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार​ ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा कोचिङ पढेर घर फर्किँदै गरेको बालकलाई ठक्कर दिएको थियो। 

ठक्करबाट बालक विश्वास श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र शरीरमा गम्भीर चोट लागि उपचारार्थ तराई अस्पताल वीरगञ्ज लगे पनि उपचारका क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरी चौकी विजयवस्तीले जनाएको छ। 

दुर्घटनापश्चात् फरार रहेको उक्त जीप र त्यसका चालक चितवन माडी-३ बस्ने वर्ष २५ को पदम विलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​ बालक श्रेष्ठको शवको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते