Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १० फाल्गुन आईतवार
दाङ्ग - DNG

प्रदेश नम्बर ५ को दाङमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन टेण्डर आहृवान

२०७३, ४ आश्विन मंगलवार १२:२५

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागत मध्ये सवा करोडको टेण्डर खुला

सन्तोषकुमार गुप्ता । असोज,  ४  दाङ । १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ । क्रिक्रेट मैदान निर्माणको लागि लमही नगरविकास समितिले एक करोड ३१ लाखको टेण्डर आहृवान गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागतमध्ये सवा करोडको टेण्डर खुलाएर काम सुरु गर्ने तयारी नगरबिकासले गरेको हो ।

टेण्डर स्वीकृत भएमा मैदानको वाँकी निर्माण कार्य अघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । गत साउनमा लमहीको अलपत्र क्रिक्रेट मैदान निर्माणको लागि दावव दिन भारतको पटना र देउखुरीको क्रिक्रेट टिमबीच अलपत्र मैदानमै खेल आयोजना गरिएको थियो । नगर विकास समितिले बजेटको व्यवस्था गरेर निर्माणमा चासो दिएपछि युवा तथा खेलकुद मन्त्रालयवाट थप बजेटको व्यवस्था गर्ने प्रकृया पनि अघि वढेको छ । नगर बिकास समिति सक्रिय भएसँगै लमहीको मैदानले स्वरुप ग्रहण गर्नेछ । खेल्न मिल्ने मैदान बनेपनि यसले रंगशालाको स्वरुप भने लिनेछैन ।
अहिले आहृवान भएको टेण्डरबाट पर्खाल निर्माण, मैदान सम्याउने, माटो विच्छ्याउने, दुवो लगाउने, गेट निर्माण गर्ने जस्ता कार्य गरिने छ । पाँच विगाह क्षेत्रफलमा फैलिएको लमहीको क्रिक्रेट मैदानबाट स्थानीय खेलाडीहरुले भविश्यको किरण देख्न थालेका छन् । ‘लमही नगरविकास समितिले अहीले खेल खेल्न लायक वनाउन बजेटको ब्यवस्था गरेको छ र कार्यान्वयनको लागी टण्डर पनि आहृवान भैसकेको छ’ सव इञ्जिनियर तुलसीराम अर्यालले भने ।
आर्थिक वर्ष २०५८/०५९ बाट क्रिक्रेट मैदानको निर्माण कार्य सुरु भएको थियो । तर, सरकारी निकाय, मन्त्रालय र अन्य सरोकारवाला निकायको ध्यान नजाँदा मैदान गौचरण र ड्राइभिङ सिक्ने थलोको रुपमा परिणत भएको थियो ।
लमहीको क्रिक्रेट मैदानको निर्माण कार्यले तीव्रता पाउनुपर्ने देउखुरी क्रिक्रेट क्लवका सचिव पवन शर्मा रिजालले बताए । ‘क्रिक्रेट मैदान वन्यो भने राष्ट्रिय स्तरको खेल खेलाउने योजना वनाएका छौं’ उनले भने, ‘केन्द्रीय स्तरवाट पनि यो मैदानको निर्माणको लागी बजेट र योजना चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा