२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परपुरुषसँग सम्बन्धको आशंकामा श्रीमान्‌बाटै हत्या

२०७९, ९ फाल्गुन मंगलवार ०७:५२

फागुन ९, विराटनगर | विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो । उनको घाँटी र कानमा चोट पाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार र नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए । उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्‍याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन् ।

परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।

यसरी भयो हत्या

विराटनगर-१९ मिलनचोक घर भएकी प्रियंकाको माइती भारत हो । रमेश-प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । केही समयदेखि एकअर्कालाई शंका गर्दै उनीहरूको सम्बन्धमा खटपट आएको थियो ।

रमेशले प्रियंकालाई आइतबार घुम्न जाने प्रस्ताव गरे । उनले प्रियंकालाई बाइकमा राखेर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्‍याए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमेशका साथमा रमानन्द राम र उमेश सरदार पनि गएका थिए ।

नरसिंह भने रमानन्दले चिनेका व्यक्ति हुन् । रमानन्दकै माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनीहरू घर पुग्दा नरसिंहमात्रै थिए ।

सो घरमा ६० वर्षीय नरसिंह चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा बस्दै आएकोमा आइतबार दिउँसो करिब २ बजेतिर घरमा नरसिंहमात्र थिए । त्यहीबेलामा रमेश श्रीमती र अन्य दुईजना लिएर पुगेका थिए ।

‘चौधरीको घरमा पुगेपछि रमानन्दले नरसिंहलाई लिएर गाउँतिर निस्कए छन् । कोठामा रमेश र प्रियंकामात्र बसेको र त्यहाँ विवादपछि घाँटीमा तन्नाले थिचेर हत्या गरेको देखिएको छ । हत्या गरेको रमेशले पनि स्वीकारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?