Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका दुई कारागारबाट २२ कैदी छुटे

२०७३, ४ आश्विन मंगलवार १२:३७

सन्तोषकुमार गुप्ता । असोज,  ४  दाङ । गणतान्त्रिक संविधान जारी भएको दिनको अबसरमा दाङका दुई कारागारबाट २२ जना कैदि छुटेका छन् । मन्त्रि परिषद्को बैठकबाट संविधान जारी भएको दिनका अबसरमा विभिन्न मापदण्ड पुरा गरेका जिल्लाका दुई कारागारबाट २२ जना कैदि छुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।घोराही कारागारबाट ६ जना र तुलसीपुर कारागारबाट ३ महिला सहित १६ जना कैदि छुटेको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिए । कम्तिमा ४० प्रतिशत भन्दा धेरै समय कैद भुक्तान गरेको, मुद्धाको अन्तिम टुंगो लागिसकेको र कारागारमा बस्दा असल चालचलन देखाएका मध्यबाट उनिहरुको कैदि मिनाह गरिएको हो ।

घोराही कारागारबाट ६ जनालाई कैद मिनाहका लागि गरिएको सिफारिसमा ६ जना नै परेका छन् । कैद मिनाह पाउनेहरुमा सवारी तथा बहुबिबाह मुद्धाका जुद्धबहादुर हमाल, डाँकाचोरी मुद्धाका राजेश चौधरी, कुटपिट मुद्धाका झग्गु पौडेल, कर्तव्य ज्यान मुद्धाका गोविन्द सेजवाल,, सवारी ज्यानका माधब पाण्डे र कर्तव्य ज्यान मुद्धाका झोला चौधरी रहेको कारागारका निमित्त जेलर निमानन्द रिजालले जानकारी दिए । ५० जना कैदिबन्दी अट्ने घोराही कारागारमा अहिले १ सय ७७ जना रहेका छन् ।

उता ताुलसीपुर कारागारबाट १८ जनाको नाम सिफारिस गरिएकोमा ३ महिला सहित १६ जनाले कैद मिनाहा पाएका छन् । १२ जना कर्तव्य ज्यान मुद्धाका रहेका छन् । रिहा हुनेहरुमा कर्तव्य ज्यानका दिपक धिताल, गणेश चौधरी, श्रीरोका मगर, झगविर पुन, भिमबहादुर चलाउने, नारायण वली, नरेन्द्र वली, भिमबहादुर थापा र फत्तेसिंह बुढा रहनुभएको जेलर देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्धाकै महिलाहरु टीका पुन, तारा चौधरी र माया चौधरीको पनि कैद मिनाह भएको छ । यसैगरी डाँकाचोरी मुद्धाका सुमन पुन, ज्यान मार्ने उद्योगका प्रकाश बस्नेत, कुटपिटका सुरज कुमाल र सवारी ज्यानका लिलाबहादुर खत्रीको कैद मिनाह भएको जेलर श्रेष्ठले जानकारी दिए ।

एक सय जना अट्ने क्षमता रहेको तुलसीपुर कारागारमा अहिले २ सय २ जना बस्दै आएका छन् । संविधान जारी भएको दिनको अबसर पारि सरकारले ५ सय बढी कैदिको कैद मिनाह गरेको थियो । सरकारले बडा दशै, गणतन्त्र दिबस र संबिधान जारी भएको दिनमा मापदण्ड पुरा गरेकाहरुको कैद मिनाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने