Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका दुई कारागारबाट २२ कैदी छुटे

४ आश्विन २०७३, मंगलवार १२:३७

सन्तोषकुमार गुप्ता । असोज,  ४  दाङ । गणतान्त्रिक संविधान जारी भएको दिनको अबसरमा दाङका दुई कारागारबाट २२ जना कैदि छुटेका छन् । मन्त्रि परिषद्को बैठकबाट संविधान जारी भएको दिनका अबसरमा विभिन्न मापदण्ड पुरा गरेका जिल्लाका दुई कारागारबाट २२ जना कैदि छुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।घोराही कारागारबाट ६ जना र तुलसीपुर कारागारबाट ३ महिला सहित १६ जना कैदि छुटेको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिए । कम्तिमा ४० प्रतिशत भन्दा धेरै समय कैद भुक्तान गरेको, मुद्धाको अन्तिम टुंगो लागिसकेको र कारागारमा बस्दा असल चालचलन देखाएका मध्यबाट उनिहरुको कैदि मिनाह गरिएको हो ।

घोराही कारागारबाट ६ जनालाई कैद मिनाहका लागि गरिएको सिफारिसमा ६ जना नै परेका छन् । कैद मिनाह पाउनेहरुमा सवारी तथा बहुबिबाह मुद्धाका जुद्धबहादुर हमाल, डाँकाचोरी मुद्धाका राजेश चौधरी, कुटपिट मुद्धाका झग्गु पौडेल, कर्तव्य ज्यान मुद्धाका गोविन्द सेजवाल,, सवारी ज्यानका माधब पाण्डे र कर्तव्य ज्यान मुद्धाका झोला चौधरी रहेको कारागारका निमित्त जेलर निमानन्द रिजालले जानकारी दिए । ५० जना कैदिबन्दी अट्ने घोराही कारागारमा अहिले १ सय ७७ जना रहेका छन् ।

उता ताुलसीपुर कारागारबाट १८ जनाको नाम सिफारिस गरिएकोमा ३ महिला सहित १६ जनाले कैद मिनाहा पाएका छन् । १२ जना कर्तव्य ज्यान मुद्धाका रहेका छन् । रिहा हुनेहरुमा कर्तव्य ज्यानका दिपक धिताल, गणेश चौधरी, श्रीरोका मगर, झगविर पुन, भिमबहादुर चलाउने, नारायण वली, नरेन्द्र वली, भिमबहादुर थापा र फत्तेसिंह बुढा रहनुभएको जेलर देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्धाकै महिलाहरु टीका पुन, तारा चौधरी र माया चौधरीको पनि कैद मिनाह भएको छ । यसैगरी डाँकाचोरी मुद्धाका सुमन पुन, ज्यान मार्ने उद्योगका प्रकाश बस्नेत, कुटपिटका सुरज कुमाल र सवारी ज्यानका लिलाबहादुर खत्रीको कैद मिनाह भएको जेलर श्रेष्ठले जानकारी दिए ।

एक सय जना अट्ने क्षमता रहेको तुलसीपुर कारागारमा अहिले २ सय २ जना बस्दै आएका छन् । संविधान जारी भएको दिनको अबसर पारि सरकारले ५ सय बढी कैदिको कैद मिनाह गरेको थियो । सरकारले बडा दशै, गणतन्त्र दिबस र संबिधान जारी भएको दिनमा मापदण्ड पुरा गरेकाहरुको कैद मिनाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव