असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सव"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण तथा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

५ आश्विन २०७३, बुधबार ०६:२७

असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सवको अबसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबका अध्यक्ष अच्यूत तिवारीका अनुसार कुश्मा नगरपालिका ९ मा रहेका गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई स्टेसनरी, खेलकुद सामाग्री तथा संबिधानको पुस्तक वितरण गरी संविधान दिवस मनाइएको हो । जिल्लामा सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लबले क्ुश्मा बजारलाई ग्रिन सिटी, प्लाष्टिक मुक्त समाज बनाउनको लागि अभियान नै चलाएको छ ।
यसै विच सिसेफ नेपालले दिवसकै अबसरपारी कुश्मा बजारमा दिप प्रज्वलन गरेको छ ।
     उक्त क्लवका सदस्यहरुले दिवसको खुशीयालीमा दिप प्रज्ज्वलन गरेको बताएका छन् । दश बर्षे जनयुद्ध, ०४६ जनआन्दोलन र २०६२।०६३ को दोस्रो जनआन्दोलनपछि संविधानसभाबाट    जारी भएको संविधानको स्वागतको  लागि मैन बत्ती बालेर दिप प्रज्वलन गरिएको सिसेफ नेपालकी सचिव कामना रेग्मीले बताइन् ।
     लामो समयपछि संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको लागि शीर्ष राजनीतिक दलहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने संविधान दिवसमा खुशीयाली मनाउने सर्वसाधारणको भनाई छ ।
    १२ बुदेँ विस्तृत शान्ति सम्झौता र ६५ बर्षको लामो समय अवधि पछि मात्रै नागरिकले संविधानसभाबाट संविधान पाएकोले यसको संस्थागत गर्नको लागि सवै एक हुनुपर्ने सहभागी नागरिकहरु बताउँछन् ।  सरकारले संविधान दिवसको अबसरपारी यहि असोज २, ३ र ४ गते घरघरमा दिप प्रज्लन गरी संविधान दिवस मनाउन आह्वान गरेको थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी