२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाई किन आउँछ ?

२०७९, १८ फाल्गुन बिहीबार ०७:११

फागुन १८, काठमाडौँ | एजेन्सी | हाई काढ्ने विषयसँग सम्बन्धित जिज्ञासाबारे वैज्ञानिकहरु समेत वर्षौदेखि अन्यौलमा छन्। हाई काढ्नुको खास कारण पत्ता लागेको छैन। बरु धेरै परिकल्पना मात्र सार्वजनिक भएका छन्। सबैजनाले हाई काढ्छन्। 

कोखमै भएको शिशुदेखि बुढाबुढीेसम्म सबै मानिसले हाई काढ्छन्। मान्छेले मात्र होइन जनारवले पनि हाई काढ्छन्। हाई काढ्ने विषयसँग विभिन्न सिद्धान्त र बिचार जोडिएका छन्। केही विज्ञहरुका अनुसार अल्छि लाग्दा वा थकित हुँदा हामीलाई हाई आउँछ।


 हाम्रो रगतमा कार्बोनडाइअक्साईको मात्रा धेरै हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ  । तर ,हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि प्रबाह हुँदैन न त रगतमा कार्बनडाइअक्साईडको मात्रा नै घट्छ। कहिलेकाहिँ बिना कुनै कारण पनि आउँछ। 

अर्को एक सिद्धान्तअनुसार हाई काढ्नु थकाई वा दिक्क (अल्छी) सँग कुनै सरोकार छैन। बरु दिमागको तापक्रमलाई नियन्त्रण गर्ने शरिरको एउटा तरिका हो, ताकी हामीलाई थोरै भए पनि स्पष्ट र आनन्दसँग सोच्न सहयोग गर्छ। निन्द्राको अभाव र थकानले हाई गराए पनि हाई काढ्दा हामीलाई ‘व्युताउन’ सहयोग पुर्याउदैन बरु हाम्रो दिमागलाई उचित तापक्रम कायम गर्न सहयोग पुयाउछ। 

अर्को एक सिद्धान्त अनुसार हाई काढ्दा फोक्सोबाट खराब श्वास हट्छ। तर, हाई काढदा श्वास प्रश्वास प्रणालीमा भने खासै फाइदा पुर्याएको पाइदैन्। अर्को एक परिकल्पना अनुसार दिमागमा हाम्रो इमोसन, मुड, भोक र अन्य गतिबिधिलाई असर गर्ने न्युरोट्रान्समिटर (रसायन) का कारण हाई आउछ। तर एउटा कुरा के सत्य हो भने हाईका कारण कुनै पनि व्यक्तिको मुखमा भएका किटाणू अन्य व्यक्तिमा सर्छन्। अर्को सत्य यो पनि हो की मज्जाले जिउ तन्काएर हाई काढ्दाको आनन्द वेग्लै हुन्छ। -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?