2026-07-05 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा शरणामति गाविसका लेखापालको हत्या

2016-09-21

असोज ५, झापा । शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । 

शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । निधारमा र खुट्टाको औँलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुरुङ्गास्थित त्रिवेणी होटलमा गएराति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले उनीसँगै मादकपदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि उनको नाम भने खुलाउन चाहेको छैन । नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै