भारतमा नेपाली विद्यार्थीको शब इनारमा फालिएको अवस्थामा फेला

Posted on: 05 Mar, 2023

फागुन २१, काठमाडौँ | भारतमा अध्ययनरत बझाङका एक विद्यार्थीको शब इनारमा फालिएको अवस्थामा फेला परेको छ। बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको हो।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए। गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको  मृतकका छिमेकी दिपक खड्काले बताए।

हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको शंका छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!