असोज ५, नुवाकोट । नुवाकोटमा सैनिक तालिम लिइरहेकी ओखलढुंगा रानीवन गाविसकी रमिला कार्कीले आत्महत्या गरेकी छिन् ।
सैनिक तालिम केन्द्र मैथली व्यारेकमा तालिम गरिरहेकी २० बर्षीय रमिलाले शौचालयमा बुधबार बिहान पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रमिला बुधबार बिहान ४ बजेतिर महिला शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । आत्महत्याको कारण पत्ता नलागेले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।