३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

जुद्ध उच्च माध्यमिक विद्यालयको ५ ओटा कम्प्युटर चोरी

२१ चैत्र २०७२, आईतवार ०६:०६

चैत्र २१, रौतहट । जुद्ध उच्च माध्यमिक विद्यालयबाट ५ वटा कम्पुटर चोरी भएको
छ।

चोरले कम्प्युटर कक्षको दुईवटा ताला खोलेर कम्प्युटर,
प्रिन्टर लगायतका सामग्रीहरु निकाली फेरि ताल्चा बन्द गरेको अवस्थामा भएको चोरी रहस्यमय रहेको विद्यालय
प्रशासनले जानकारी दिएको छ ।

विद्यालय कर्मचारी नै कम्प्युटर
चोरीमा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धानकै क्रममा
विद्यालयका कर्मचारी सुरेन्द्र झा, गेटपाले सीताराम मिश्र र मिश्रका छोरा आशुतोष मिश्रलाइ नियन्त्रणमा
लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।

गौर नगरपालिका वडा नम्वर ५ स्थित सो विद्यालय जुद्ध उमाविमा शनिवार दिउँसो विद्यालय
प्रशासनको काम विशेषले कम्प्युटर कक्षको ताला खोलेर हेर्दा पाँच वटा कम्प्यूटर थिएनन्।

त्यसपछि हल्लीखल्ली भएको थियो। कम्प्युटर हराएको खबर थाहा पाउनासाथ
प्रधानाध्यापक बैद्यनाथ साहले कम्प्यूटर कोठाबाटै रहस्यमय तरीकाले चोरी भएको सूचना प्रहरीलाई दिएका
थिए।

यसअघि पनि धरहरी, खेसरहिया, कटहरिया, माधोपुर लगायतका
विद्यालयमा कम्प्युटर चोरीका घटना भएका थिए।

विद्यालय तथा
विद्यार्थीहरुको महत्वपुर्ण डाटा चोरी भएको कम्प्युटरमा रहेको विद्यालय प्रशासनले जनाएको छ। कम्प्युटर
चोरीमा विद्यालय कर्मचारी तथा विद्यार्थीको संलग्नता हुनसक्ने प्रधानाध्यापक साहको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ