२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

जुद्ध उच्च माध्यमिक विद्यालयको ५ ओटा कम्प्युटर चोरी

२०७२, २१ चैत्र आईतवार ०६:०६

चैत्र २१, रौतहट । जुद्ध उच्च माध्यमिक विद्यालयबाट ५ वटा कम्पुटर चोरी भएको
छ।

चोरले कम्प्युटर कक्षको दुईवटा ताला खोलेर कम्प्युटर,
प्रिन्टर लगायतका सामग्रीहरु निकाली फेरि ताल्चा बन्द गरेको अवस्थामा भएको चोरी रहस्यमय रहेको विद्यालय
प्रशासनले जानकारी दिएको छ ।

विद्यालय कर्मचारी नै कम्प्युटर
चोरीमा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धानकै क्रममा
विद्यालयका कर्मचारी सुरेन्द्र झा, गेटपाले सीताराम मिश्र र मिश्रका छोरा आशुतोष मिश्रलाइ नियन्त्रणमा
लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।

गौर नगरपालिका वडा नम्वर ५ स्थित सो विद्यालय जुद्ध उमाविमा शनिवार दिउँसो विद्यालय
प्रशासनको काम विशेषले कम्प्युटर कक्षको ताला खोलेर हेर्दा पाँच वटा कम्प्यूटर थिएनन्।

त्यसपछि हल्लीखल्ली भएको थियो। कम्प्युटर हराएको खबर थाहा पाउनासाथ
प्रधानाध्यापक बैद्यनाथ साहले कम्प्यूटर कोठाबाटै रहस्यमय तरीकाले चोरी भएको सूचना प्रहरीलाई दिएका
थिए।

यसअघि पनि धरहरी, खेसरहिया, कटहरिया, माधोपुर लगायतका
विद्यालयमा कम्प्युटर चोरीका घटना भएका थिए।

विद्यालय तथा
विद्यार्थीहरुको महत्वपुर्ण डाटा चोरी भएको कम्प्युटरमा रहेको विद्यालय प्रशासनले जनाएको छ। कम्प्युटर
चोरीमा विद्यालय कर्मचारी तथा विद्यार्थीको संलग्नता हुनसक्ने प्रधानाध्यापक साहको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु