ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

द्धन्द क्रममा प्रभावित डडेल्धुराका १ सय ३३ व्यक्तिका आफन्तले राहात पाएनन्

२०७३, ५ आश्विन बुधबार १२:५७

ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट अहिले सम्म एक सय आठ हकदारले राहत प्राप्त गरेका छन । 

राहात प्राप्त गर्ने एक सय आठ मध्ये ७६ लाई पाँच लाख, २८ लाई चार लाख, तिन लाई तिन लाख तथा एक लाई एक लाख रुपैयाका दरले राहत वितरण गरिएको स्थानिय शान्ति समिती डडेल्धुराले जनाएको छ । 

दिगो शान्ति राष्ट्र विकासको आधार भन्ने नारा सहित विश्व शान्ति दिवसका अवसरमा स्थानिय शान्ति समिती डडेल्धुराले बुधबार डडेल्धुरामा गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको डडेल्धुरा जिल्लाको द्धन्द पीडित पाश्र्वचित्र किताबमा द्धन्द्ध प्रभावितलाई प्रदान गरिएको राहातको यस्तो विवरण उल्लेख छ । 

द्धन्द प्रभावित भई व्यक्ति तथा संरचनाको लागत संकलन कार्यदलमा समावेश भई हाल सम्म राहत नपाउनेको संख्या डडेल्धुरामा अझै एक सय ३३ रहेको उक्त कितावमा उल्लेख छ । यस्तै किताबमा उल्लेख भए अनुसार राहत नपाउने टुहुरा व्यक्तिको संख्या पाँच छ । 

द्धन्द प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यादलमा समावेश भएका द्धन्द क्रममा अपांग भएका व्यक्ति परिवारको संख्या डडेल्धुरामा ६५ छ । घाईते अपांगहरुलाई विरण गरिएको जीवन निर्वाह भत्ता अहिले सम्म पाँच जनाले मात्र पाई रहेका छन । 

लगत संकलनमा समावेश भई राहात पाएकमो बेपत्ताको संख्या तिन रहेको कितावमा उल्लेख छ । पुर्नःस्थापनाका लागी विस्तापित व्यक्ति परिवारले पाएको राहात सुविधा अहिले डडेल्धुराका ९४ प्राप्त गरेका छन ।  

सशस्त्र द्धन्दका क्रममा मृत्युवरण गरेका राष्ट्र सेवक सुरक्षाकर्मी सेना, प्रहरी ३६ मध्ये दुई लाई पाँच लाख, दुई लाई तिन लाख र अन्य ३२ लाई एक/एक लाख रुपैँयाका दरले राहत वितरण गरिएको सार्वजनिक गरिएको कितावमा समावेश गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?