2026-09-10 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

रत्नसम्बन्धि संरचनाका लागि रु एक करोड

असोज ६, इलाम । सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घरसहितको संरचना संरक्षणका लागि सरकारले रु एक करोडभन्दा बढी रकम छुट्याएको छ । 

मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गर्नुभएको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ । 

चित्रेमा पार्क निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत रु आठ लाख विनियोजन भइसकेको छ । बजेट नहुँदा वान्तवाले बनाएको सुरुङ र घर जीर्ण बन्दै गएका थिए । रत्नको स्मृतिमा उनका परिवारले प्रतिष्ठानलाई दुई रोपनी जग्गा उपलब्ध गराइसकेका छन् । थप पाँच रोपनी जग्गा प्रतिष्ठानले खरिद गरिसकेको प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले जानकारी दिनुभयो । 

विनियोजित रकमबाट सुरुङ र घरको जीर्णाेद्धार, रत्न र उहाँका सहकर्मी अर्का योद्वा बम वान्तवाको पूर्णकदको सालिक राख्ने, पुस्तकालयसहितको सामुदायिक भवन निर्माण र कम्पाउन्ड बनाइने प्रतिष्ठानले जनाएको छ । रत्नका रचनाहरू समेटेर एउटा पुस्तकसमेत प्रकाशित गर्ने प्रतिष्ठानले जनाएको छ । 

गत फागुन १९ गते सरकारले रत्न वान्तवालाई सहिद घोषणा गरेको थियो । २००८ साल चैत २७ गते जन्मिएका रत्न वान्तवाको २०३५ साल चैत २७ गतेकै दिन इलाममा हत्या भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु