२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सामुदायिक केन्द्रको तर्फबाट एम्बुलेन्स सेवाका लागि आठ लाख सहयो

२०७३, ६ आश्विन बिहीबार ०५:२७

असोज ६, गुल्मी । गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत विभिन्न ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु गरी आर्थिक रकम थपिँदै गएको छ । 

निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीले केही समयअगाडि देखि स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्रका नेपालीबाट अर्थ अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु सात लाख ५० हजार आर्थिक सहयोग सङ्कलन भएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो । 

जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भोगिरहेका यस क्षेत्रका जनताको स्वास्थ्य उपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । 

साथै, उहाँले अब छिट्टै एम्बुलेन्स सेवा सञ्चालन गर्नेसमेत जानकारी दिनुभयो । स्थानीय बासिन्दा भने स्वास्थ्य उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन हुने आशाले हर्षित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना