५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL: कोलकातालाई १ रनले हराउँदै लखनउ पुगे प्लेअफ चरणमा

७ जेष्ठ २०८०, आईतवार ०३:१०

जेठ ७, काठमाडौं | लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । शनिबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित हासिल गर्दै लखनउ प्लेअफ चरणमा पुगेको हो ।

टस हारी ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र बनाउन सक्यो ।


पहिले ब्याटिङ गरेको लखनउका लागि ब्याट्सम्यान निकोलस पुरनले ५८ रनको योगदान गरे । उनले ३० बलको सामना गरी ५ छक्का र ४ चौका प्रहर गरे। भने क्विन्टन डि ककले २८ रन बनाए । प्रेरक मन्कादले टोलीका लागि २६ रन बनाए र आयुष बदोनीले २५ रन बनाए । कोलकाताका लागि बलर वैभव अरोरा, सार्दुल ठाकुर र सुनिल नारिनले २÷२ विकेट लिए ।

घरेलु मैदानमा जवाफी ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले अविजित ६७ रन र ओपनर जासन रोयले ४५ रन बनाए ।  रिंकुले ३३ बलको सामना गरी ४ चौका र ६ छक्का प्रहर गरि  ६७ रन बनाए भने जासन रोयले २८ बलको सामना गरी १ छक्का र ७ चौका प्रहार गरि ४५ रन बनाए ।

त्यस्तै वेंकटेस ऐयरले पनि २४ रन बनाएका थिए । लखनउका लागि बलर रवी विस्नोई र यश ठाकुरले २÷२ विकेट लिए ।

लखनउ १४ खेलबाट १७ अंक बटुल्दै प्रतियोगिताको प्लेअफ चरणमा प्रवेश गरेका हुन् । 

जारी आईपीएलमा अब प्लेअफ चरणमा पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ । गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता