२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL: कोलकातालाई १ रनले हराउँदै लखनउ पुगे प्लेअफ चरणमा

२०८०, ७ जेष्ठ आईतवार ०३:१०

जेठ ७, काठमाडौं | लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । शनिबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित हासिल गर्दै लखनउ प्लेअफ चरणमा पुगेको हो ।

टस हारी ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र बनाउन सक्यो ।


पहिले ब्याटिङ गरेको लखनउका लागि ब्याट्सम्यान निकोलस पुरनले ५८ रनको योगदान गरे । उनले ३० बलको सामना गरी ५ छक्का र ४ चौका प्रहर गरे। भने क्विन्टन डि ककले २८ रन बनाए । प्रेरक मन्कादले टोलीका लागि २६ रन बनाए र आयुष बदोनीले २५ रन बनाए । कोलकाताका लागि बलर वैभव अरोरा, सार्दुल ठाकुर र सुनिल नारिनले २÷२ विकेट लिए ।

घरेलु मैदानमा जवाफी ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले अविजित ६७ रन र ओपनर जासन रोयले ४५ रन बनाए ।  रिंकुले ३३ बलको सामना गरी ४ चौका र ६ छक्का प्रहर गरि  ६७ रन बनाए भने जासन रोयले २८ बलको सामना गरी १ छक्का र ७ चौका प्रहार गरि ४५ रन बनाए ।

त्यस्तै वेंकटेस ऐयरले पनि २४ रन बनाएका थिए । लखनउका लागि बलर रवी विस्नोई र यश ठाकुरले २÷२ विकेट लिए ।

लखनउ १४ खेलबाट १७ अंक बटुल्दै प्रतियोगिताको प्लेअफ चरणमा प्रवेश गरेका हुन् । 

जारी आईपीएलमा अब प्लेअफ चरणमा पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ । गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा