५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

१७ जेष्ठ २०८०, बुधबार ०५:२०

जेठ १७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।


आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दीपले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् । 

दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ । जिम्बावेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने प्रतियोगितामा समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । नेपाली टोलीले जुन १८ तारिखमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल जुन २० मा अमेरिकासँग, तेस्रो खेल जुन २२ मा वेस्ट इन्डिजसँग र चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

विश्वकप छनोटको समूह ’बी’ मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । दुबै समूहको शीर्ष तीन टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोली आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतमा आयोजना हुँदैछ । आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान भने विश्वकपका लागि छनोट भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता