२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी साउदी अरब आउने चर्चाले रोनाल्डो उत्साही, आगामी सिजन अन्त नजाने

२०८०, १९ जेष्ठ शुक्रबार ०८:०३

जेठ १९, काठमाडौँ | चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग विश्वका शीर्ष ५ घरेलु लिग फुटबल बन्न सक्ने बताएका छन् । लियोनल मेस्सी, करिम बेन्जेमा, लुका मोड्रिच जस्ता खेलाडीहरु साउदी अरब आउने चर्चाबीच रोनाल्डोले उनीहरुलाई स्वागत गर्न आफू तयार रहेको पनि बताएका छन् ।

‘यदि ठूला नाम र ठूला खेलाडीहरु, युवा खेलाडीहरु र पुराना खेलाडीहरु आउँदैछन् भने उनीहरुलाई स्वागत छ । यदि त्यस्तो भयो भने यहाँको लिग सुधार हुनेछ’, एसपीएलसँगको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन् ।


बार्सिलोनाको सिनियर टोलीमा १७ वर्ष रहेर सन् २०२१ मा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध मेस्सीले यो सिजनबाट निरन्तरता नदिने भएको फ्रेन्च क्लबले स्पष्ट पारिसकेको छ । मेस्सी यसअघि नै साउदी अरबका क्लबमा सम्पर्कमा रहेको चर्चा भएको थियो । उनी साउदी अरबका टुरिजम एम्बासडर हुन् ।

रोनाल्डो गत डिसेम्बरमा साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । उनको करार अवधि सन् २०२५ सम्म छ । रोनाल्डोले आगामी सिजन आफू अल नासरमै रहने स्पष्ट पनि पारेका छन् ।

‘यहाँको लिग राम्रो छ । तर, सुधार गर्नुपर्ने ठाउँहरु अझै छन् । पूर्वाधार, रेफ्री, भार सिस्टम जस्ता कुराहरुमा चाँडै सुधार हुनुपर्छ’, रोनाल्डोले भनेका छन्, ‘म यहाँ खुशी छु । म यही निरन्तरता दिन्छु। उनीहरुले गर्न चाहे जति गरे भने अबको ५ वर्षभित्र साउदी लिग विश्वको शीर्ष ५ घरेलु लिगभित्र पर्नेछ ।’

गत वर्ष विश्वकपको पूर्वसन्ध्यामा रोनाल्डो र उनी त्यतिबेला आवद्ध रहेको म्यानचेस्टर युनाइटेडबीच तनाव सृजना भएको थियो । त्यसयता आपसी समझदारीमा उनीहरु अलग भएका थिए । धेरैवटा विश्व कीर्तमान रहेका रोनाल्डोले अल नासरका लागि १६ खेलमा १४ गोल गरेका छन् । अल नासर यो सिजन अल हिलालभन्दा मात्र पछाडि रहेको थियो । अल हिलालले मेस्सीलाई भित्र्याउने चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक