५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने

२५ जेष्ठ २०८०, बिहीबार ०८:४५

जेठ २५, काठमाडौँ | नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो ।

जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ।

उक्त प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टिमलाई यस प्रतियोगितामा पठाउनेछन्।


प्रतियोगिता १२ जुन देखि २१ जुनसम्म हङकङमा हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण बताएर नाम फिर्ता लिए पछि नेपालले खेल्ने अवसर पाएको हो।

‘थाईल्यान्डले नखेल्ने भयो। उनीहरुको भिसाको समस्या भन्ने सुन्नमा आएको थियो तर ठ्याक्कै यही भन्ने चाँहि थाहा छैन । क्यानले यस प्रतियोगिताका लागि तयार छ।’ क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने ।

‘हामीले खेलाडीको भिसाका लागि प्रक्रिया सुरु गरिसकेका छौं । भिसा आएको खण्डमा हामी शनिबार वा आइतबार त्यसतर्फ जान्छौं।’ नेपालले टिकट भने आफ्नो खर्चमा जाने उनले बताए।

‘टिकटहरु हामीले नै काट्नुपर्छ। ३०-३५ लाख खर्च आउँछ। हामी खर्चका लागि तयार छौं। हामी भिसाको प्रतिक्षामा छौं।’ पाठकले भने ।

आइतबार मात्र मलेसियासँग द्विपक्षीय टी-२० सिरिज खेलेर नेपाल फर्किएको नेपाली महिला टोलीलाई आफ्नो स्तर र क्षमता प्रदर्शनका रुपमा यो प्रतियोगिता ठूलो अवसर हो ।

समूह ‘ए’ मा नेपाल, हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन्। समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता