५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

२५ जेष्ठ २०८०, बिहीबार १२:०७

जेठ २५, काठमाडौँ | भारतमा आयोजना हुने पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि बिहीबार नेपाली टोलीको घोषणा गरिएको छ  । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टोले साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।


घोषित नेपाली टोलीमा गोलरक्षकतर्फ किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर छन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले पहिलो पटक राष्ट्रिय टोलीमास्थान बनाएका हुन् ।

नेपाल साफ च्याम्पियनसिपको समूह ’ए’ मा परेको छ । नेपालको समूहमा साबिक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । आगामी साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा आयोजना हुनेछ ।

फिफाको प्रतिबन्धमा परेका कारण यो संस्करणमा श्रीलंका भने सहभागी छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । साफको उद्घाटन खेलमा असार ६ गते नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता