जेठ २७, काठमाडौँ | नेपालले दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको ६ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङक गरेको नेपालले २५ ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको छ ।
नेपालका लागि अहिले क्रिजमा आरिफ शेख र गुलसन झा खेली रहेका छन् | आरिफ शेखले २८ बलमा ११ रन बनाएका छन् भने झाले २९ बलमा २४ रन बनाएका छन् | कप्तान रोहित पौडेल ३० रन बनाएका आउट भएका थिए | भीम सार्कीले १० रन बनाएर एलबीडब्लू आउट भएका थिए।
नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । त्यस्तै नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो । अर्जुन साउद ४ रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए भने बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रनमा आउट भए ।