म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

Posted on: 11 Jun, 2023

जेठ २८, काठमाडौँ | इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको स्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी हासिल गरेको हो | 


खेल निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको थियो | फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । उक्त खेलमा म्यानचेस्टर सिटीका रोड्री नायक बने | उनले ६८ औं मिनेटमा गरेको गोलनै सिटीलाई च्याम्पियन सिपको उपाधि जित्नका लागि निर्णायक बन्यो । पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!