एजेन्सी | इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका डिफेन्डर असरफ हकिमीलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।
पेप ग्वार्डिओला आफ्नो टिम अझ बलियो बनाउने र आउँदो सिजनमा पनि क्लबलाई सफलता दिलाउने भन्दै टिम आजै राम्ररो बनाउने अभियानमा छन् । म्यानचेस्टर सिटीले ट्रेबल अर्थात प्रिमियर लिग, एफए कप र च्याम्पियनस लिग जितेको थियो ।
यो सफलता दोहोर्याउने लक्ष्मा रहेका ग्वार्डिओलाको हकिमीमा पुगेको छ । सिटीमा रहेका एल्के गुन्डगन, बर्नार्डो सिल्भा र काइल बेकरको भविष्य अनिश्चित छ ।
पीएसजी फरवार्ड केलियन एम्बापेलाई कसरी टिकाउने भन्नेमा केन्द्रित छ । यसको फाइदा उठाउँदै सिटीको नजर हकिमीमा परेको हो । हकिमीको पीएसजीमा २०२६ जुन ३० सम्मको अनुबन्धता छ ।