५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

माल्दिभ्सविरुद्ध नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए विकेट

१४ आश्विन २०८०, आईतवार ०४:०४

असोज १४, काठमाडौं | १९औं एसियाली खेलकुदमा नेपालका लागि सन्दीप लामिछानेले छैटौँ विकेट लिएका छन् । मात्र २३ रनमा मादिल्भ्सले  विकेट छैटौँ गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो ।

यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो ।

खेलमा नेपालको स्कोरको लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले १ छक्का र ५ चौकाको मद्धतले ३५ रन जोडे । त्यस्तै अर्का ओपनर आसिफ सेखले १ चौका मात्र प्रहार गरेर ६ रनमै आउट भए । आसिफको विकेट गुमेसंगै आएका बिनोद भण्डारीले १ चौका प्रहार गरि १५ बल खर्चिएर १३ रन बनाए । 

त्यस्तै सन्दिप जोराले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । उनले ९ बल खर्चिएर ५ रन मात्र बनाउन सके । गुलसन झाले पारी सम्हाल्दै नेपालको लागि ३ छक्का र १ चौका सहित २१ बल खर्चिएर ३५ रन बनाएपछि नेपालको स्कोर केहि सुधारियो । संगै नेपालका कप्तान रोहित कुमार पौडेलले ३ छक्का र ३ चौकाको सहयोगमा अर्धसतकीय पारी खेले । उनि २७ बल खर्चिएर ५२ रन जोडी रन जोडेर आउट भए । पौडेलसंगै उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्लले नटआउट रही २० बलमै २ छक्का र ३ चौका प्रहार गर्दै ४७ रन बनाए । कप्तान पौडेल आउट भएपछि मैदानमा आएका दिपेन्द्र सिङ एरीले भने २ बल मात्र खेल्न सके । २ बलको सामना गर्दा पहिलो बलमा छक्का प्रहार गरेपनि दोश्रो बलमा उनि क्याच आउटको सिकार बन्न पुगे । 

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता