२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० र एकदिवशीय अन्तर्राष्ट्रियमा सन्दीपको २ सय विकेट पूरा

२०८०, १४ आश्विन आईतवार ०७:१९

असोज १४, काठमाडौँ | नेपालका सन्दीप लामिछानेले टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन्। १९ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध एक विकेट लिएपछि सन्दीपको २ सय विकेट पुरा भएको हो।

सन्दीपले टी-२० अन्तर्राष्ट्रिय खेलमा ४६ खेल खेल्दै ८८ विकेट लिएका छन्। यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेल खेल्नेक्रममा एक सय १२ विकेट हात पारेका छन्। यी दुवै फर्म्याटमा सन्दीप नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुन्।

सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तिमा चार विकेट र ३ पटक कम्तिमा ५ विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक कम्तिमा ५ विकेट र दुईपटक कम्तिमा ४ विकेट हात पारेका छन्।

सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। यस्तै सोही वर्ष वेस्ट इन्डिजविरुद्ध खेल्दै उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

सन्दीप एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पुरा गर्ने विश्व कीर्तिमानी बलर पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश