५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपको रेकर्ड तोड्दै अविनाश बने एकै खेलमा सर्वाधिक विकेट लिने नेपालका टी-२० बलर

१४ आश्विन २०८०, आईतवार ०७:४५

असोज १४, काठमाडौँ |  नेपालका अविनाश बोहरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर बनेका छन् ।

जारी एसियाली खेलकुदअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध ६ विकेट लिएर उनले सन्दीप लामिछानेको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । सन्दीपले यसअघि ५ विकेट लिएका थिए ।

मालदिभ्सविरुद्ध बोहराले ३.४ ओभरमा ११ रन खर्चिएका थिए । सन्दीपले यसअघि सन् २०२२ को अगस्टमा केन्याविरुद्ध चार ओभर बलिङ गर्दै ९ रन खर्चिएर ५ विकेट लिएका थिए ।

सोही वर्षको मार्चमा करन केसीले पपुआ न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चिएर ५ विकेट हात पारेका थिए । पछि सन्दीपले इकोनोमीका आधारमा करनलाई पछाडि पारेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तीमा ५ विकेट लिने यी तीनजनामात्र नेपाली बलर हुन् । अन्यले बढीमा ४ विकेटसम्म लिएका छन् । बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ खेल खेल्दै ४८ विकेट हात पारेका छन् । उनले यसअघि एकै खेलमा ४ विकेटसम्म लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता