५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेट : आईसीसीले हटायो ‘बाउन्ड्री काउन्ट ब्याक’ नियम

१५ आश्विन २०८०, सोमबार ०९:३६

असोज १५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरु भारतका विभिन्न सहरका १० वटा रंगशालामा खेलाइने छ । विश्वकप अवधिभर कुल ४८ वटा खेल खेलाइने छ । 

तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो विश्वकपमा एउटा नियममा परिवर्तन गरेको छ । आईसीसीका अनुसार, यो विश्वकपमा ‘बाउन्ड्री काउन्ट ब्याक’ नियम लागू हुने छैन । अघिल्लो विश्वकपको फाइनलमा ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमकै आधारमा हारजितको निणर्य लिइएको थियो । 


लर्डसमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेलिएको १२ औँ विश्वकपको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । टस जिती पहिलो ब्याटिङको निणर्य लिएको न्युजिल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले पनि निर्धारित ओभरमा अलआउट हुनुअघि दुई सय ४१ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । अत्यन्तै रोमाञ्चक सुपर ओभरको खेल पनि बराबरीमा सकिएको थियो । त्यसपछि ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा इङ्ल्यान्डले उपाधि चुमेको थियो । ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा दुबै टोलीले प्रहार गरेको बाउन्ड्रीको गणना गरिएको थियो । खेलका क्रममा इङ्ल्यान्डले २६ र न्युजिल्यान्डले १७ वटा बाउन्ड्री प्रहार गरेका थिए । त्यसैले फाइनलमा इङ्ल्यान्डलाई विजयी घोषित गरिएको थियो । 

१३ औं विश्वकपमा नकआउट चरणको खेल बराबरी भए सुपर ओभर खेलाइने छ । सुपर ओभरको खेल पनि बराबरी भए पुनः अर्को सुपर ओभर खेलाएर हारजितको निणर्य निकालिने छ । ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमको ब्यापक विरोध भएपछि आईसीसीले सुपर ओभर नै खेलाएर हारजितको निणर्य निकाल्ने नीति लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता