५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल-भारत खेलबारे आकाश चोपडाको विश्लेषण- अन्तिम दुई ओभरमा बलरको छनोटमा पौडेलले गल्ती गरे

१७ आश्विन २०८०, बुधबार ०९:३६

असोज १७, काठमाडौँ | भारतीय पूर्वक्रिकेटर तथा विश्लेषक आकाश चोपडा पछिल्लो समय नेपाली क्रिकेटको प्रशंसा गरेर थाकिरहेका छैनन् । एसिया कपमा नेपालको प्रदर्शनबाट अचम्भित बनेका उनी एसियन गेम्समा नेपालले भारतविरुद्ध देखाएको बहादुरीले पनि थप प्रभावित देखिन्छन् ।

चोपडाले नेपाल र भारतको म्याचमा हिन्दी कमेन्ट्रीसमेत गरेका थिए । त्यस क्रममा उनले म्याचमा नेपाली खेलाडीले देखाएको आत्मविश्वासको खुलेर प्रशंसा गरे । यशस्वी जैसवाललाई एलबीडब्लु अपिल हुँदा अम्पायरले आउट नदिएपछि चोपडाले टिप्पणी गरेका थिए, ‘यदि यहाँ डीआरएस हुन्थ्यो भने टाटा बाइबाइ हुने थियो ।’

नेपाल-भारत खेलको भोलिपल्ट आकाश चोपडाले उक्त म्याचको भिडियो रिभ्यु गरेका छन् । यसमा उनले भारतीय खेलाडी यशस्वी जैसवालको प्रशंसामा धेरै शब्द खर्च गरे ।

चोपडाले भने , ‘यस्तो लाग्थ्यो कि यशस्वीले अरु ब्याट्सम्यानभन्दा फरक पिचमा ब्याटिङ गरिरहेका थिए । नेपाली बलरले पनि उनलाई सही ठाउँमा बल फ्याक्न सकेनन् ।’

जैसवाल र रिंकु सिंहबाहेक अन्य ब्याट्सम्यानहरुलाई भने नेपाली बलरहरुले बाँधेर राख्न सफल भएको चोपडाको भनाइ छ ।

‘नेपाली टीमको प्रदर्शनले सबैको दिल जितेको छ’, चोपडाले भने, ‘उनीहरुले फेरि एक पटक आफ्नो पोटेन्सियल विश्वलाई देखाएका छन् ।’

नेपाली कप्तान रोहित पौडेलको कप्तानीमा भने उनले केही त्रुटि औंल्याएका छन् । चोपडाका अनुसार रोहितले यशस्वीविरुद्ध चाहिनेभन्दा बढी रक्षात्मक फिल्ड सेट गरे ।

‘यो सानो ग्राउन्ड थियो र बाउन्ड्री रोक्न कठिन थियो । कप्तान रोहितले यशस्वीको मार नखाने रणनीतिअनुसार फिल्ड सजाए । जबकि उनको विकेट लिने रणनीति हुनुपर्थ्यो । यसैउसै मार खानै छ भने आक्रामक तरिकाले फिल्ड सजाउनुपर्थ्यो’, चोपडाले भने ।

अन्तिम दुई ओभरमा बलरको छनोटमा पनि पौडेलले गल्ती गरेको उनको विश्लेषण छ । १९ औं ओभरमा अफ स्पिन बलिङ गर्नु जोखिमपूर्ण निर्णय भएको उनले बताए ।

‘कप्तानले क्याल्कुलेसनमा अलिकति मिस्टेक गरेको जस्तो लाग्यो । सन्दीपको एक ओभर बाँकी रह्यो । १९ र २० ओभरमा गलत बलरको छनोट भयो । अन्तिम ओभरमा अविनाशभन्दा अर्को कुनै बलर ल्याउनुपर्थ्यो’, चोपडाले भनेका छन् ।

आफ्नो रिभ्युमा उनले अम्पायरको त्रुटिपूर्ण निर्णयको प्रसंग भने कोट्याएनन् । नेपालका कुशल भुर्तेललाई भुईंबाट टिपेको बलमा अम्पायरले आउट दिएका थिए भने भारतका यशस्वी जैसवाललाई क्लीयर एलबीडब्लुमा नटआउट करार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता