४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप २०२४ फरक ढाँचामा, समूह चरणमै नेपालले बलियो टिमसँग खेल्ने

१९ मंसिर २०८०, मंगलवार ०७:००

मङ्सिर १९, काठमाडौँ |  आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो । यसपटक अमेरिका, क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्नेछन् ।

अमेरिका आयोजकको हैसियतमा तथा क्यानडा र युगान्डा भने छनोट प्रतियोगिता खेलेर विश्वकपमा डेब्यू गर्न लागेका हुन् । नवौँ संस्करणको विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ । एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको जित निकाल्दै नेपालले विश्वकपको टिकट पक्का गरेको थियो । 


यस्तै, एसिया क्षेत्र छनोटबाट नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान बनायो । आसन्न संस्करणको विश्वकपमा केही नयाँ नियम देख्न पाइनेछ । यो विश्वकप पहिलोपटक फरक ढंगबाट खेलिनेछ । सन् २०२१ र २०२२ मा पहिलो चरण र सुपर १२ फर्म्याटमा टी–२० विश्वकप खेलाइएको थियो ।

यसपटक भने विश्वकपमा नकआउट चरणअघि नै दुई चरणको खेल हुनेछ । सहभागी २० टिमलाई चार समूहमा बाँडिनेछ । प्रत्येक समूहमा ५/५ टोली हुनेछन् । समूह चरणको खेलपछि चारवटा ग्रुपबाट शीर्ष दुई टिमले सुपर आठमा स्थान बनाउने छन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

सुपर आठबाट शीर्ष दुई/दुई टिम सेमिफाइनलको यात्रा गर्नेछन् । ​नवौँ संस्करणको विश्वकपमा नेपालले ठूला टिमविरुद्ध खेल्ने पक्काजस्तै छ ।

समूह चरणमा नेपालले कम्तीमा दुई टेस्ट टिमसहित चार देशसँग खेल्ने मौका पाउनेछ । सन् २०१४ को विश्वकपमा नेपालले पहिलो चरणमा हङकङ, बंगलादेश र अफगानिस्तानसँग खेलेको थियो ।

आउँदो संस्करणको विश्वकप २०२४ को जुन ४ देखि ३० तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा हुनेछ । ​नवौँ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले आन्तरिक तयारी थालिसकेका छन् । 

विश्वकपअघि उनको रणनीति जति सकिन्छ आफूभन्दा बलियो टिमसँग सिरिज खेल्ने हुनेछ । साथै, प्रशिक्षक देसाईले विश्वकपका लागि खेलाडीको भूमिका पनि अहिलेदेखि नै प्रष्ट पार्नेछन् । त्यसले गर्दा विश्वकपमा नेपालले थप उत्कृष्ट प्रदर्शन गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता