मङ्सिर २२, काठमाडौं | युएईमा आजदेखि सुरुहुने एसीसी यू-१९ एसिया कपमा नेपालल पहिलो खेलमा पाकिस्तानसँग खेल्दैछ ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।
राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।
पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ ।