४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू १९ एसिया कपः पाकिस्तानविरुद्ध संकटमा नेपालको ब्याटिङ, १ रनमा आउट गुल्शन

२२ मंसिर २०८०, शुक्रबार ०७:०४

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पाकिस्ताविरुद्धको पहिलो म्याचमा नेपालको ब्याटिङ संकटमा परेको छ । १६ ओभरको खेल सकिँदा नेपालले ४३ रन मात्रै जोड्न सकेको छ भने प्रमुख पाँचजना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

पाकिस्तानले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । नेपालले पहिलो विकेट सस्तैमा गुमायो । ओपनरका रुपमा आएका तिलक भण्डारी ९ बलमा ७ रन बनाएर आउट भए । उनलाई अमिर हसनले विकेटकिपरको हातबाट क्याच गराए ।


तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि २२ बलको सामना गर्दै ६ रन मात्रै जोड्न सके । उबैद साहले उनलाई एलबीडब्लुको धरापमा पारे । त्यसपछि चौंथो नम्बरमा क्रिजमा आएका देव खनाल पनि आउट भएपछि नेपाल संकटमा परेको छ 

दुई विकेट चाँडै गिरेपछि नेपालको आशा ओपनर अर्जुन कुमाल र देव खनालमाथि थियो । तर, खनालले १३ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । उनी मोहम्मद जिसनको बलमा क्याच आउट हुन पुगे ।

ओपनर अर्जुन कुमालले नेपालको एउटा इन्ड सम्हालिरहेका थिए । १६ औं ओभरको अन्तिम बलमा पाकिस्तानले अर्जुनलाई पेभिलियन फर्काइदिएको छ । मोहम्मद जिसानले अर्जुनलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए । आउट हुनुअघि अर्जुनले ३७ बलमा ३ चौकासहित २१ रन बनाए ।

नेपालले सबैभन्दा बढी आशा राखेका गुल्शन झाले पनि कुनै चमत्कार गर्न सकेनन् । छैटौं नम्बरमा ब्याटिङमा आएका गुल्शनले एक रन मात्रै जोड्न सके । उनको विकेटसँगै नेपाललाई १०० रन कटाउन पनि हम्मे पर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’