२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू १९ एसिया कपः पाकिस्तानविरुद्ध संकटमा नेपालको ब्याटिङ, १ रनमा आउट गुल्शन

२०८०, २२ मंसिर शुक्रबार ०७:०४

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पाकिस्ताविरुद्धको पहिलो म्याचमा नेपालको ब्याटिङ संकटमा परेको छ । १६ ओभरको खेल सकिँदा नेपालले ४३ रन मात्रै जोड्न सकेको छ भने प्रमुख पाँचजना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

पाकिस्तानले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । नेपालले पहिलो विकेट सस्तैमा गुमायो । ओपनरका रुपमा आएका तिलक भण्डारी ९ बलमा ७ रन बनाएर आउट भए । उनलाई अमिर हसनले विकेटकिपरको हातबाट क्याच गराए ।


तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि २२ बलको सामना गर्दै ६ रन मात्रै जोड्न सके । उबैद साहले उनलाई एलबीडब्लुको धरापमा पारे । त्यसपछि चौंथो नम्बरमा क्रिजमा आएका देव खनाल पनि आउट भएपछि नेपाल संकटमा परेको छ 

दुई विकेट चाँडै गिरेपछि नेपालको आशा ओपनर अर्जुन कुमाल र देव खनालमाथि थियो । तर, खनालले १३ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । उनी मोहम्मद जिसनको बलमा क्याच आउट हुन पुगे ।

ओपनर अर्जुन कुमालले नेपालको एउटा इन्ड सम्हालिरहेका थिए । १६ औं ओभरको अन्तिम बलमा पाकिस्तानले अर्जुनलाई पेभिलियन फर्काइदिएको छ । मोहम्मद जिसानले अर्जुनलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए । आउट हुनुअघि अर्जुनले ३७ बलमा ३ चौकासहित २१ रन बनाए ।

नेपालले सबैभन्दा बढी आशा राखेका गुल्शन झाले पनि कुनै चमत्कार गर्न सकेनन् । छैटौं नम्बरमा ब्याटिङमा आएका गुल्शनले एक रन मात्रै जोड्न सके । उनको विकेटसँगै नेपाललाई १०० रन कटाउन पनि हम्मे पर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश