२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ एसिया कप– अर्धशतक बनाएर आउट भए उत्तम मगर

२०८०, २२ मंसिर शुक्रबार ०८:४२

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरू भएको यू १९ एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको पहिलो म्याचमा नेपालका उत्तम थापामगरले महत्वपूर्ण अर्धसतक बनाएका छन् । निकै खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई उनको इनिङले थोरै राहत दिएको छ ।

३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दबाबमा परेको अवस्थामा पाचौं नम्बरमा उत्तम क्रिजमा आएका थिए । अर्को इन्डबाट लगातार विकेट झरिरहँदा उनले एउटा इन्डबाट रन बटुलिरहे । उत्तमलाई सातौं नम्बरमा आएका दिपेश खनालले बलियो साथ दिएका थिए ।

उत्तम र दिपेशको अर्धसतकीय साझेदारीले नेपाललाई एक सय रनको आँकडा पार गराएको थियो । तर, दिपेश ३१ रनमा आउट भएपछि नेपाल फेरि ब्याकफुटमा आयो । दिपेशपछि आएका विशाल विक्रम केसी र विपिन रावल सस्तैमा आउट भए । त्यसपछि उत्तम पनि पेभिलियन फर्किएका छन् । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतले ५१ रन जोडे ।

पाकिस्तानी फास्ट बलरहरुको नेपालका बलरले सामना गर्न सकिरहेका छैनन् । जिसन खान एक्लैले पाँच विकेट लिए । पाकिस्तानी स्पिनरहरुविरुद्ध भने नेपालका ब्याट्सम्यान केही सहज देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश